Skip to main content

Posts

Featured

मार्क्स बिनाको मार्क्सवाद

वरिष्ठ समाजशास्त्री चैतन्य मिश्रले नेपालको पूँजीवादी रूपान्तरणलाई बुझ्नको निम्ति निकै महत्वपूर्ण योगदान गर्नुभएको छ। नेपाली समाजलाई अर्ध-सामन्ती भनेर व्याख्या गर्ने नेपाली शास्त्रीय माओवाद र "मार्क्सवाद-लेनिनवाद" भनेर भ्रष्टिकरण गरिएको स्टालिनपन्थलाई चुनौती दिँदै वहाँले नेपाली समाज कसरी पूँजीवादी भइसक्यो भनेर लामो समयदेखि आफ्ना विचारहरु प्रस्तुत गर्दै आउनुभएको छ र नेपालको वर्ग-चरित्रको व्याख्याबारे नेपाली मार्क्सवादमा व्याप्त जडतालाई राम्रोसँग चिर्नुभएको छ। तर  यस क्षेत्रमा वहाँको योगदान यतिमै सिमित हुन पुगेको छ। केही समयदेखि वहाँका केही विचारले नेपाली बौद्धिक र खासगरी मार्क्सवादी खेमामा ठूलो तरंग पैदा गरिदिएको छ। यो तरंगको श्रोत पछिल्लो समयका वहाँका केही अन्तर्वार्ता र लेखहरु रहेका छन् जहाँ वहाँले आफ्नो मार्क्स र मार्क्सवादसम्बन्धी अहिलेसम्मको बुझाइलाई गलत मानी वहाँको अनुसार भ्रष्टिकृत मार्क्सवादी बुझाइको दोष लेनिन र माओ, खासगरी लेनिनलाई दिनुभएको छ र "वास्तविक मार्क्सवाद" सम्म पुग्न मार्क्सको पुन: अध्ययनको खाँचो औँल्याउनुभएको छ। यसप्रति मुख्यतः दुई खा...

Latest Posts